सर्लाही टुडे समाचारदाता
सर्लाही २२ मंसिर । शुक्रबार गाेरखकाली नजिकबाट केही उछृंकल युवाकाे समुहले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाईएका ब्यक्ति भारतीय रहेकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका सुचना अधिकारी प्रहरी निरिक्षक बिन्देश्वर यादवले बताए । पक्राउ गरिएका मानिस सितामढी जिल्ला कन्हाैली थाना अन्तरगत पर्ने ईटहरवा दुलारपुर बस्ने सरयुग साह रहेकाे प्रहरी निरिक्षक यादवले जानकारी गराए । साह मलंगवा नगरपालिका वडा नं ६ खुटाैना बस्ने अाफनै बहिनीकाे घर जाने क्रममा उछृंकल युवाहरूकाे समुहले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए ।
पक्राउ परेका साहकाे भारतीय अाधार कार्ड लगायतका प्रमाणहरुकाे अनुसन्धान गरि निज कै भान्जालाई जिम्मा लगाईएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ । उनकाे मानसिक अवस्था सामान्य नरहेकाे बताईएकाे छ । घटना पश्चात् विभिन्न सामाजिक संजालमा पक्राउ परेका साहकाे चरित्र हत्या हुने गरि तस्विर सहित राेहंगिया र बांगलादेशी प्रस्तुत गरिएकाे थियाे ।
यश सम्बन्धि बुझ्दा सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले सिमा सुरक्षामा, सर्लाहीमा मात्र नभई मधेश प्रदेशकाे आठ वटै जिल्लामा कडाई गरिएकाे बताए । अबैध घुसपैठकाे सवालमा अाफुहुरू अलर्ट अवस्थामा रहेकाे बताउदै सुरक्षाकर्मीले गर्नुपर्ने काम कुनै पनि बहानामा कुनै नागरिक वा संघ संगठनले गरेकाे छ भने, त्याे गैर कानुनी र डण्डनिय अपराध हाे, प्रजिअ कडरियाले भने – चाहे त्याे सामाजिक सञ्जालमा हरित्र हत्या गर्ने हाेस वा कानुन हाथमा लिएर गरिएकाे कृत्य हाेस , पिडितकाे उजुरी आए कानुन बमाेजिम कारवाही गरिने उनले बताए ।
