पूर्ण खोप लगाउनेमा प्रतिरोधात्मक क्षमता बढी

नेपालमा खोपको प्रभावकारितासम्बन्धी गरिएको एक अध्ययनले खोप लगाएकाहरूमा कोभिड–१९ विरुद्धको प्रतिरोधात्मक क्षमताको अवस्थाबारे प्रतिवेदन सार्वजनिक गरेको छ। शुक्रबार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले तथ्यांक सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ। गत जेठ १७ देखि असार २५ को अवधिभित्र रगतको नमुना संकलन […]

Continue Reading

१२ देखि १७ वर्ष उमेरका लागि मोर्डनाकाे ४० लाख खोप आउँदै

मोर्डनाको ४० लाख डोज खोप नेपाल आउने भएको छ । विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोर्डना खोप आउने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मोर्डनाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको बताउनुभएको छ । उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले […]

Continue Reading

पर्सिदेखि कोभिसिल्डको दोस्रो मात्राको पर्खाइमा रहेका नागरिकले खोप पाउने

कोभिसिल्ड खोपको दोस्रो डोजको पर्खाइमा रहेका नागरिकका लागि पर्सिदेखि खोप अभियान सुरु हुने भएको छ । हिजो भुटानबाट तीन लाख डोज एस्ट्राजेनेकाको खोप काठमाण्डौ ल्याइएको तथा आज र भोलि जापानबाट ८ लाख डोज एस्ट्राजेनेकाकै खोप आउने भएकाले पर्सिदेखि दोस्रो डोजको खोप अभियान सुरु हुन लागेको हो । यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोजको पर्खाइमा […]

Continue Reading

एक साता मास्क अभियान सञ्चालन गरिने

साउन २२ गते । कोभिडको सङ्क्रमणलाई नियन्त्रण तथा रोकथाम गर्न शनिबारदेखि एक सातासम्म मास्क अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोभिड महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ मास्क अभियान सुरु हुन लागेको हो । मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले मास्क लगाउने […]

Continue Reading

नागढुंगा पुगेपछि जब कन्डक्टर चिच्याए– मास्क लगाऔं है मास्क …

कोरोना महामारी सुरु भएयता काठमाडौं उपत्यका बाहिर गएको थिइनँ। किनकि सरकारले स्वास्थ्य सुरक्षा मापदण्डको जतिसुकै बखान गरे पनि उपत्यकाभित्रै चल्ने सार्वजनिक सवारीसाधनमा भोगेको भद्रगोलबाट म तर्सिएको थिएँ। त्यही हविगतमा १०/१२ घण्टाको यात्रा गरियो भने भाइरस सर्ने पक्का छ भनेर लामो दूरीको यात्रालाई सकेसम्म पन्छाइरहेको थिएँ। तर ज्यादै जरुरी घरायसी काम परेकाले म यही साउन १८ […]

Continue Reading

फेरी लकडाउन गर्ने सरकारको तयारी

सरकारले स्मार्ट लकडाउनको तयारी गरेको छ।  कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शुक्रबारको निर्देशक समितिको बैठकमा स्मार्ट लकडाउन प्रस्ताव‘जहाँ संक्रमण बढी छ, सम्बन्धित जिल्ला वा स्थानीय तहले नै लकडाउन गर्न सक्ने अवधारणाको प्रस्ताव सीसीएमसीले गरेको छ’, सीसीएमसीका प्रवक्ता नुरहरि खतिवडाले भने। वैज्ञानिक र व्यावहारिक हुने गरी लकडाउन गर्ने अवधारणा नै स्मार्ट लकडाउन रहेको उनले स्पष्ट […]

Continue Reading

यी १७ जिल्ला कोरोनाको तेस्रो लहरको अति उच्च जोखिममा

निषेधाज्ञा खुकुलो पारिएसँगै हेलचेक्र्याइँका कारण कोरोना महामारीको तेस्रो लहर सन्निकट देखिएको छ। खोप अभियान जारी रहेकै बेला पछिल्लो एक सातामा संक्रमणदर २४.२ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जब कि साउन ५ गते संक्रमणदर २०.७ प्रतिशत मात्र थियो। १७ हजार हाराहारी व्यक्तिको परीक्षण गर्दा ४ हजार हाराहारीमा संक्रमण पुष्टि हुने गरेको छ। सरकारले […]

Continue Reading

खोप किन्न एडीबीले नेपाललाई १९ अर्ब ऋण दिने

बहुपक्षीय ऋणदाता एशियाली विकास बैंक (एडीबी) ले कोरोना भाइरसविरुद्धको खोप किन्न नेपाललाई (१६५ मिलियन अमेरिकी डलर) करीब रू.१९ अर्ब ६३ करोड ऋण दिने भएको छ । सरकारले खोप किन्न एडीबीसँग गरेको ऋणसम्बन्धी प्रस्तावलाई हालैको एडीबी बोर्ड बैंकले अनुमोदन गरेको हो । अर्थ मन्त्रालय वैदेशिक महाशाखामार्फत त्यससम्बन्धी प्रस्ताव पठाइएको थियो । एडीबीले डिसेम्बर २०२० मा ९ […]

Continue Reading

चुनौतीपूर्ण तेस्रो लहर आउन सक्छ, अक्सिजन र शय्या चुस्त-दुरुस्त राख्नु: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । मन्त्रालयले बिहीवार विज्ञप्ति निकालेर सङ्क्रमणको चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भएकाले अक्सिजन, शय्या र जनशक्तिलाई चुस्त दुरुस्त अवस्थामाराख्न निर्देशन दिएको हो सरकारी, गैरसरकारी सङ्घ संस्था, निजी क्षेत्र र नागरिकले संयुक्त पहल […]

Continue Reading

बढ्न थाल्यो कोरोना सङ्क्रमण

कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको कोरोना सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै उकालो लाग्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ । अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा […]

Continue Reading