धनुषाका तिनवटै पिडित परिवारलाई मुख्यमन्त्री राउतद्वारा पाँच/पाँच लाखको चेक हस्तान्तरण

राजनीति समाचार

१ श्रावण सर्लाही: मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच÷पाँचलाखको चेक हस्तान्तरण गरेका छन् । लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने शहीदनगर नगरपालिका वडा नं. ९ का बिरेन्द्र गुरमैता यादव, प्रहरी हिरासतमा मृत्यु भएका सबैला नगरपालिका १२ का शम्भु सदा र आइसोलेशनमा मृत्यु भएका हंसपुर नगरपालिका वडा नं. ७ राजु सदाको परिवार लाई मुख्यमन्त्री राउतले पाँच÷पाँच लाखको चेक हस्तान्तरण गरेका हुन ।

मुख्यमन्त्री राउत सहितको टोली तीन वटै पीडित परिवारको घरमै पुगेर चेक हस्तान्तरण गरेका हुन । उक्त अवसरमा मुख्यमन्त्री राउतले पीडित परिवार प्रती समवेदना ब्यक्त गर्नुका साथै प्रदेश सरकारले क्षमता अनुसारको सहयोग उपलब्ध गराउने बताए । साथै घटनामा दोषी देखिएकाहरु माथि कारबाहीको लागी प्रदेश सरकार हर सम्भव प्रयास गर्ने प्रतिवद्धता समेत जाहेर गरेका छन् । उक्त अवसरमा प्रदेशसभा सदस्य राम आशिष यादव, मुख्य न्यायाधिब्क्ता दीपेन्द्र झा, जसपा नेता पशुपति यादव, बरुण यादव सहितको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *