४० करोड बजेट पास गर्दै हरिपुर नगरपालिकाको छेठौँ नगर सभा सम्पन्न

राजनीति समाचार

३० असार सर्लाही: आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै सर्लाहीको हरिपुर नगरपालिकाको छेठौंँ नगर सभा मंगलवार सम्पन्न भएको छ ।

एक सातासम्म नगर सभामा छलफल गरी ४० करोड हाराहारीको बजेट पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिए । नगरपालिकाले यस वर्ष मधुमेह र उच्च रक्तचापका बिरामीलाई निःशुल्क औषधि वितरण गर्नेदेखि कृषि, शिक्षा, स्वास्थ्य, सडक स्तरोन्नति लगायतका प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम बनाई बजेट विनियोजन गरिएको हरिपुर नगरपालिकाले जनाएको छ ।

निर्धारित समय असार १० मै बजेट ल्याएका जिल्लाका अन्य पालिका केहीले गाउँ तथा नगर सभा सकेर बजेट ल्याई सकेका छन् भने केहीले सार्वजनिक गर्ने अन्तिम तयारी गरेका छन् । यो वर्ष हरिपूर्वा नगरपालिका बाहेक जिल्लाका अरु १९ वटा पालिकाहरुले समयमै गाउँ तथा नगर सभा प्रारम्भ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *