चर्चीत अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेकलाई कोरोना पुष्टि, दुवै जना अस्पताल भर्ना

मनोरञ्जन समाचार

२८ असार सर्लाही: बलिउडका प्रसिद्ध अभिनेता अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई कोरोना संक्रमण भएको छ ।बलिउड अभिनेता अमिताभ र अभिषेख दुवै जनाले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको ट्विटरबाट जानकारी दिएका छन् | शनिबार बेलुका पहिले अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए ।त्यसलगत्तै अभिषेखले आफूलाई पनि संक्रमण पुष्टि भएको जानकारी ट्विटरबाटै दिएका छन् ।

अमिताभ बच्चनले आफ्नो परिवारका सदस्य र स्टाफहरुको परीक्षण गरिएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको बताएका थिए भने आफूसँग नजिकको सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन् । उनीहरुलाई मुम्बईको अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *