अलपत्र मजदुरको उद्धार गर्न १८ घन्टासम्म काम गर्छन् सोनु सूद

मनोरञ्जन

काठमाडौंः बलिउडमा खलपात्रको रुपमा लोकप्रिय कलाकार सोनु सूद वास्तविक जीवनमा भने हजारौं मानिसका लागि नायक बनेका छन् ।

लकडाउनका कारण घरसम्म पुग्न नपाएका मानिसलाई गाडीको माध्यमबाट घर पुर्‍याउने जिम्मा लिएपछि उनी यतिबेला सर्बत्र चर्चामा छन् । सुरूवातमा ३ सय ५० जना मजदुरलाई आफ्नो घरसम्म पुर्‍याउने जिम्मा उठाएका सोनुले अहिलेसम्म १२ हजार भन्दा बढी मजदुरलाई यो सहयोग गरिसकेका छन् ।

अब, सोनुलाई दिनभर फोन र म्यासेज आउन थालेको छ । उनी यो कामका लागि दैनिक १८ घन्टासम्म खटिने गरेका छन् ।

 

सुरूवातमा यो कामका लागि एक्लै भए पनि अहिले उनको टिम बनिसकेको छ । ३ टिमले यो कामको व्यवस्थापन गरिरहेको छ ।

सोनुले हालै मात्र एक सय बढी महिलालाई प्लेनमार्फत् घर पुर्‍याउने काम गरेका छन् । सोनुकी पत्नी सोनालीका अनुसार, उनी व्यस्त रहे पनि आफ्नो फिटेनश रूटिङलाई भने छाडेका छैनन् । उनी बिहान ५ बजे नै उठिसक्छन् । दैनिक ४ देखि ५ घन्टासम्म सुत्ने सोनुले केही दिन अगाडि आफूलाई दैनिकरूपमा आउने गरेका फोन र मेसेज सार्वजनिक पनि गरेका थिए ।

सुरुवाती दिनमा पैदल नै आफ्नो गाउँ जान थालेका मजदुरलाई देखेपछि सोनुले यो कदम उठाएका हुन् । उनले गाडीको माध्यमबाट स्थानीय सरकारसँग अनुमति लिएर यो काम गरिरहेका छन् । सोनुको यो कामको सामाजिक सञ्जाल र मिडियामा प्रशंसा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *