सर्लाहीको बरहथवामा मोटरसाईकल दुर्घटना, एकको मृत्यु, तीन घाईते

दुर्घटना समाचार

३ मंसिर सर्लाही। जिल्लाको पश्चिमी क्षेत्रस्थित बरहथवा नगरपालिका– १२ हिरापुरमा मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।वुधवार दिउँसो हिरापुर पुरैनियाबाट उत्तरतर्फ गइरहेका साइकल यात्रीलाई बिपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा स्थानिय बरहथवा १८ का ६५ बर्षिय कृष्ण बहादुर श्रेष्ठको मृत्यु भएको हो । बा ५१ प ३५३८ नम्बरको मोटरसाइकलले ठक्करबाट गम्भिर घाइते भएका श्रेष्ठलाई उपचारको लागि बरहथवा स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा लैजादै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी निरीक्षक नरेन्द्र कुमार मोरबैताले बताए।

मोटर साइकल चालक ब्रम्हपुरी गाउँपालिका २ का २७ बर्षिय संजय गुप्ता, मोटर साइकल सवार रामनगर गाउँपालिका ७ का २० बर्षिय दिपेश गुप्ता र गोडैता नगरपालिका ५ की १० बर्षीया अञ्जली गुप्ता घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको अहिले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते तिनै जना आफन्त रहेका र उनीहरु काठमाण्डौ बाट छठ मनाउन घर तर्फ जाँदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवा लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *