सर्लाहीको आगलागीपीडित परिवारलाई युवाद्वयकाे सहयाेग

देश समाचार

३ मंसिर सर्लाही । बागमती नगरपालिका निवासी आगलागीपीडित एक परिवारलाई दुई मनकारी युवाले राहत स्वरुप सामग्री प्रदान गरेका छन्  गत साेमबार भाईटिकाकाे दिन अागालागीबाट घर तथा घरभित्र रहेकाे सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा पीडामा परेका बागमती नगरपालिका वडा नम्बर १२ निवासी भक्त बहादुर गोलेको परिवारलाई राहत सामग्री प्रदान गरिएकाे हाे । बागमती निवासी नेपाल तामाङ घेदुङका नगर अध्यक्ष जय गाेले र हरिवन नगरपालिका अन्तर्गत डाबरी निवासी घेदुङका प्रदेश दुई उपाध्यक्ष संजिब माेक्तानले त्रिपाल, बाल्टिन लगायत भाँडाकुँडा, ओडने ओछ्याउने फम, सिरक लगायतका सामग्री बुधबार पीडित परिवारलाई प्रदान गरेका हुन् । आगलागीबाट गाेलेकाे घरभित्र रहेकाे नगद ३० हजार रुपैंया समेत जलेकाे र ५ जनाकाे परिवार छिमेकीकाे घरमा आश्रय लिएर बसेकाे सुनेपछि अाफुहरुले राहत स्वरुप थाेरै भएपनि सहयाेग गरेकाे जय गाेलेले उज्यालाे अभियानलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *