लक्ष्मीपूजा गर्न बालिएको मैनबत्तीबाट सल्केको आगोले लाखौंको क्षति

खेलकुद समाचार

३० कार्तिक सर्लाही। लक्ष्मीपूजा अवसरमा दिपावली गर्न बालिएको मैनबत्तीको आगो सल्केर
लाखौंको क्षति भएको छ । शनिबार राती बाग्मती नगरपालिका–१, डुमाजोर निवासी सुनिल तामाङको घरमा लक्ष्मीपूजा गर्न बालेको मैनबत्तीको आगो सल्किँदा लाखौंको क्षति भएको हो । राती साँढे आठ बजेतिर भएको आगलागीबाट तामाङको दुई तले कच्ची घर तथा घर भित्र भएका लत्ताकपडा, अन्नपात, फर्निचर लगायत नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिईएकाले थप ठूलो क्षति हुनबाट जोगिएको स्थानीय बासिन्दाले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *