सर्लाहीमा प्रहरीद्वारा ८० लिटर अवैध घरेलु मदिरा बरामद

अपराध समाचार

२७ कार्तिक सर्लाही । सर्लाहीमा प्रहरीले ८० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ। सर्लाहीको हरिपुर न.पा.२ लखनदेही खोला स्थित साइकलमा ल्याईरहेको अवस्थामा उक्त परिमाण बराबरको रक्सी बरामद गरेको छ।

साईकलमा राखी ५ वटा ग्यालेनमा १५ लिटरका दरले ७५ लिटर र १ वटा ग्यालेनमा ५ लिटर गरी जम्मा ८० लिटर घरेलु मदिरा हरिपुर तर्फ ल्यउदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको छ। प्रहरी सहायक निरिक्षक मुनेश्वर प्रसाद यादवको कमाण्डमा खटिगएको गस्ती टोलीलाई देख्नासाथ मदिरा छोडी मानिस साईकल लिई फरार भएको थियो। बरामद भएको अवैध रक्सी आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यलयमा ल्याईराखेको प्रहरी प्रवक्ता मदन कुँवर ले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *