सर्लाहीको भेल्हीमा मौरीले टोकेर आमा छोरी घाईते

दुर्घटना समाचार

२६ कार्तिक सर्लाही। सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा मौरीको टोकाइबाट  आमा छोरी बिरामी परेका छन् ।  प्रहरीका अनुसार मंगलबार   साँझ साढे ५ बजे घरभन्दा केही पर चौरीमा घाँस काटिरहेको अवस्थामा  ब्रम्हपुरी गाउँपालिका वडा न-३ भेल्ही निवासी दिनेश मुखियाकी  ३० वर्षिया श्रीमती  पार्वती मुखिया र निजकी छोरी १२ वर्षिया करिना मुखियालाई मौरीले टोकेर घाइते बनाएको हो।   मौरीको टोकाइबाट बिरामी परेका आमा छोरी दुबैजनाको उपचार  जिल्ला अस्पताल मलंगवामा चलिरकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *