सर्लाहीको बयलवासमा मोटरसाइकल दुर्घटनामा एक वृद्धको मृत्यु

दुर्घटना समाचार

मलंगवा – सर्लाहीको ईश्वरपुर नगरपालिका ५ सखुवानीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

बिहिवार बिहान सखुवनीबाट बयलवासतर्फ आइरहेको ना ५ प ३६९१ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक सखुबनीकै ६५ वर्षीय पुरुषोत्तम प्रसाद कोइरालाको ज्यान गएको हो । बयलवासमा सामान्य उपचार गरी धुलिखेल अस्पताल रेफर गरिएका कोइरालालाई अस्पताल पु¥याउना साथ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *