नेपालमा कोरोनाको नयाँ रेकर्ड, थपिए २७२२ संक्रमित

कोरोना विशेष समाचार

काठमाडौंः नेपालमा थप २७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८२ हजार ४५० पुगेको छ ।

शुक्रबार देशभरी १४ हजार ७३९ वटा नमुना परीक्षण गरिएको थियो । आज हालसम्मकै बढी संक्रमित थपिएका हुन् । यसअघि देशभर असोज २ गते २०२० जना संक्रमित थपिएका थिए । पछिल्लो २४ घण्टामा देशभर ३,३०७ जना निको भएका छन् । योसँगै हालसम्म ६० हजार ६९६ जना निको भएका छन् । शुक्रबार देशभर सक्रिय संक्रमित संख्या २१ हजार २३४ छ । २५ हजार सक्रिय संक्रमित संख्या पुगे फेरि लकडाउन गरिने मन्त्रालयले यसअघि नै घोषणा गरिसकेको छ । आज थप ११ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२० पुगेको छ । गत भदौ २४ देखि प्रत्येक दिन १,००० भन्दा बढी सङ्क्रमित फेला परिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *