सर्लाहीमा खेतमा जमेको पानीमा डुबेर पासवानको मृत्यु

दुर्घटना समाचार

११ असोज सर्लाही। सर्लाहीमा खेतमा जमेको पानिमा डुबेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मलगंवा नगरपालिका वडा नं. ६ सुखैनिया टोल बस्ने ५० वर्षिय चन्द्र किशोर पासवान रहेका छन । मृत्क पासवान गए साँझ ५ सय मिटर टाढा रहेको आफ्नै खेतमा पानी हेर्न जाँदा खेतमा जमेको पानीमा डुबी पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृत्क पासवान मरेको खबर सुन्न साथ प्रहरी घटना स्थलमा जादाँ पासवान आफनै खेतमा जमेको पानिमा मृत भई घोप्टो अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, सर्लाहीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक मदन कुवँरले जानकारी दिए । अहिले मृत्क पासवानको शव मलंगवा अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रवक्ता कुवँरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *