नेपालमा कोरोनाको रेकर्ड, एकैदिन थपिए २०२० संक्रमित

कोरोना विशेष समाचार

काठमाडौंः नेपालमा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २३ घण्टामा थप २ हजार २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । योसँगैं संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।

यो अहिलेसम्म सो अवधिमा फेला परेका सङ्क्रमितको सर्वाधिक सङ्ख्या हो । यसअघि भदौ ३१ गते बुधबार १५३९ संक्रमित थपिएका थिए ।पछिल्लो २४ घण्टामा ८७१ निको हुँदा हालसम्म निको हुनेको संख्या ४३ हजार ८२० पुगेको छ ।शुक्रबार थप ७ जनाको मृत्यु भएको छ । अहिलेसम्म ३९० जनाको कोभिड–१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ ।

अहिले देशभरि १७,३८३ जनामा सक्रिय सङ्क्रमण छ । तीमध्ये ९,२९५ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ । सो अवधिमा ११,४५८ वटा नमुनाको परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै छ ।
त्यसमा पनि काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या सर्वाधिक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *