सर्लाहीमा ३ सय ९ किलो लागु औसध, गाँजा सहित ट्रक पक्राउ

अपराध समाचार

सर्लाही,२८ भदौ । सर्लाही प्रहरी एक पछि अर्को सफलता प्राप्त गर्दै गएको छ । जिल्ला प्रहरी प्रमुख तथा प्रहरी प्रमुुख संतोष सिंह राठौर जिल्लामा आए देखि लागुु औषध कारोबारीको निंद्रा हराएको छ । प्रहरीले धमा धम लागु औषध र लागुु औषध कारोबारीहरुलाई पक्राउ गर्दै गएको छ । यसै क्रममा गए राति सर्लाही प्रहरीले ठुुलो परिणाममा लागुु औषध गाँजा सहित ट्रक पक्राउ गरेको छ ।

सर्लाही जिल्लाको पूर्वी ग्रामिण ईलाका हुदै लागू औषधको नेपालबाट भारत र भारतबाट नेपाल तर्फ ओसारपसार हुँदै आएको विशेष सूचना को अधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर आफै गस्तीमा जाँदा ३ सय ९ किलोग्राम लागुु औषध गाँजा सहित एउटा ट्रक नियन्त्रणमा लिएको सर्लाही प्रहरीले जनाएको छ ।

सर्लाही प्रहरी प्रमुख राठौरको कमाण्डमा खटिएको अनुगमन टोलीले अनुगमन गर्दै जाने क्रममा राति सावा ९ बजेको समयमा पर्सा गाउँपालिका वडा न।५ डोमोवा टोलमा रहेको चिरान मिल स्थित सडकमा एकान्त ठाउँमा आउँने जाने सवारी साधन तथा व्यक्तिहरुको चेकजाँच गर्ने क्रममा प्रहरी चेकिङलाई देखेर सुक्नाहा तर्फबाट पर्सा तर्फ आईरहेको ना।४ ख ७७४८ न।को १० चक्के ट्रक चालु अबस्थामा बाटोमा नै रोकी केही बेर ट्रक अगाडी नबढेको देखी शंका लागी चेकजाँच गर्दा उक्त परिमाणमा लागुु औषध गाजा सहित ट्रक नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता राजुु कुुर्मीले जानकारी दिए ।

त्यस्तै ट्रक नजिक प्रहरी पुुग्दा चालक भने फरार भएको र ट्रकको ढाला मा ११ वटा लागू औषध गाँजाका पोकाहरु फेला परेको थियो । ११ वटा पोकाहरुमा मध्ये ९ वटा पोकामा प्रति पोका ३१ के।जी। का दरले जम्मा जम्मा २सय ७९ केजी र २ वटा पोकामा १५ के।जी।को दरले जम्मा ३० के।जी। गरी जम्मा ३सय ९ के।जी। लागू औषध गाँजा र ट्रक नियन्त्रणमा लिई आवश्यक कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएको प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए ।

त्यस्तै फरार रहेको ट्रक चालक लगायत लागू औषध गाँजा कारोबारमा संलग्न अन्य मानिसहरुको पहिचान तथा खोजतालस गर्ने लगायतको कार्य तथा थप अनुसन्धान भई रहेको प्रहरी प्रवक्ता कुर्मीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *