सर्लाहीमा पहिलो पटक सेनाले गर्यो कोरोना संक्रमित शवको व्यवस्थापन

कोरोना विशेष समाचार

२२ भदौँ, सर्लाही। सर्लाहीको चक्रघट्टा गाउँपालिकामा बस्ने युवकको कारण भाईरसका कारण मृत्यु भएपछि आइतवार साँझ नेपाली सेनाले शव व्यवस्थापन गरेको छ । मधुमेहका दीर्घ रोगी रहेका चक्रघट्टा गाउँपालिका ३ का ३८ वर्षीय एक पुरुषको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा आईतबार मृत्यु भएको हो ।

उनलाई स्वास्थ्यमा थप समस्या देखिएपछि दुईसाता अघि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार स्वाब परिक्षण गर्दा दश दिनअघि उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उपचारको क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको गाउँपालिकाका अध्यक्ष विक्रम राय यादवले जानकारी दिनुभयो ।

योसंगै सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । उक्त शवलाई चक्रघट्टा गाउँपालिका ३ को सुन्दरपुर पश्चीममा रहेको लखनदेही खोलाको घाटमा नेपाली सेनाले आवश्यक मापदण्ड अनुसार व्यावस्था गरेको छ । शव व्यवस्थापन स्थलमा जिल्लाका विभिन्न पदाधिकारीको उपस्थिति समेत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *