थप ९८० जनामा कोरोना पुष्टि, १८१४ डिस्चार्ज, ९ को मृत्यु

कोरोना विशेष समाचार

काठमाडौंः नेपालमा ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१९० महिला र ६९० पुरुष गरी ९८० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । योसँगै संक्रमितको कूल संख्या ४६ हजार २ सय ५७ पुगेको छ । त्यस्तै, गएको २४ घण्टामा १ हजार ८१४ जना डिस्चार्ज भएका छन् । हालसम्म निको हुनेको संख्या २८ हजार ९४१ पुगेको छ । अहिले देशभर १७ हजार २७ जना संक्रिय संक्रमित छन् । हाल ४ हजार ७ सय ३ जना व्यक्ति क्वारेन्टाइनमा रहेका छन् । आज देशभर १० हजार ३ सय ८२ जनाको पीसीआर गरिएको छ । आज थप ९ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट २८९ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *