दोषीलाई कार्यवाहीको माग गर्दै नेकपाद्धारा सर्लाहीको मलंगवामा प्रदर्शन

१ श्रावन सर्लाही: सर्लाहीको रामनगर गाउँपालिकामा भएको घटनामा संलग्न दोषी माथि कारबाहीको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी सर्लाहीले सदरमुकाम मलंगवामा आज प्रदर्शन गरेको छ । सत्तारुढ नेकपाका कार्यकर्ता रामनगर गाउँपालिका वडा न–४,बहुअर्वाका ६० वर्षीय रामजल यादवको गत असाढ ७ गते आइतवार अज्ञात व्यक्तिले घर नजिकै खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए । सोही […]

Continue Reading

धनुषाका तिनवटै पिडित परिवारलाई मुख्यमन्त्री राउतद्वारा पाँच/पाँच लाखको चेक हस्तान्तरण

१ श्रावण सर्लाही: मुख्यमन्त्री लालबाबु राउतले विभिन्न घटनाका तीन पीडित परिवारलाई पाँच÷पाँचलाखको चेक हस्तान्तरण गरेका छन् । लकडाउनका कारण मुलुकमा प्रबेश गर्न नपाई जटही नाकामा ज्यान गुमाउने शहीदनगर नगरपालिका वडा नं. ९ का बिरेन्द्र गुरमैता यादव, प्रहरी हिरासतमा मृत्यु भएका सबैला नगरपालिका १२ का शम्भु सदा र आइसोलेशनमा मृत्यु भएका हंसपुर नगरपालिका वडा नं. ७ राजु […]

Continue Reading

बरहथवा र लालबन्दी नगरपालिकाको बजेट सर्वसम्मत पारित

३१ असार सर्लाही: सर्लाहीको लालबन्दी र बरहथवा नगरपालिकाले वुधवार एकैसाथ आर्थिक वर्ष २०७७|०७८ को बजेट सर्वसम्मत पारित गरेका छन् । असार १० गते दुवै नगरपालिकाको पाचौँ नगर सभामा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटमा दफाबार छलफल गरी वुधवार सार्वजनिक गरिएको हो । जस अनुसार लालबन्दी नगरपालिकाले १ अर्ब २० करोड ९८ लाख ९९ हजार ४९८ रुपैयाँ […]

Continue Reading

४० करोड बजेट पास गर्दै हरिपुर नगरपालिकाको छेठौँ नगर सभा सम्पन्न

३० असार सर्लाही: आर्थिक वर्ष २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै सर्लाहीको हरिपुर नगरपालिकाको छेठौंँ नगर सभा मंगलवार सम्पन्न भएको छ । एक सातासम्म नगर सभामा छलफल गरी ४० करोड हाराहारीको बजेट पारित गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदय प्रसाद देवकोटाले जानकारी दिए । नगरपालिकाले यस वर्ष मधुमेह र उच्च रक्तचापका बिरामीलाई निःशुल्क […]

Continue Reading

प्रदेश २ को बजेट एक महिनापछि बहुमतबाट पारित

२९ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट मत विभाजन प्रकृयामार्फत् एक महिनापछि पारित भएको छ । यसअघि सर्वसम्मतले पारित हुँदै आएको प्रदेश २ को बजेट यसपटक भने मत विभाजन प्रकृयाले बहुमतले पारित भएको हो । गत असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ५६ करोड ९ […]

Continue Reading

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

२३ असार, काठमाडौं । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद पदबाट समेत पदमुक्त भएकी छन् । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यसैअनुसार कारबाहीको निर्णय भएको समाजवादी पार्टीका नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए । लिम्पियाधुरा, कालापानी र […]

Continue Reading

प्रदेश २ का मन्त्रीहरु विभेदकारी नागरिकता विधेयक बिरोधको जुलुसमा

१७ असार, जनकपुरधाम ।संघीय संसदमा प्रस्तुत भएको विभेदकारी नागरिकता विधेयकलाई फिर्ता लिन मागगर्दै जनता समाजवादी पार्टी(जसपा)ले मंगलवार गरेको प्रदर्शनमा प्रदेश २ का मन्त्रीहरु सहभागि भए । प्रदेशको अस्थायी राजधानी जनकपुरधामको जनक चोकबाट निस्केको जुलुसले नगरको विभिन्न भागको परिक्रमागर्दै संघीय सरकार बिरुद्ध नाराबाजी गरेका थिए ।प्रदेशका मन्त्रीहरुको सहभागिता रहेको जुलुसमा संघीय सांसद, प्रदेश सभासद, पालिकाका प्रमुख […]

Continue Reading

गाउँपालिका अध्यक्षले २६ हजार र मेयरले ३० हजार खर्च पाउने

१५ असार, जनकपुरधाम । प्रदेश २ सरकारले स्थानीय तहका जनप्रतिनिधिलाई तलब-सुविधा उपलब्ध गराउने विधेयक प्रदेश सभामा पेश गरेको छ । स्थानीय जनप्रतिनिधिले मासिक इन्धन, मोबिल, अनुगमन भत्ता, चाडपर्व खर्च, पोसाक भत्ता, सवारी मर्मत सम्भार, यातायात खर्च, पत्रपत्रिका, इन्टरनेट, टेलिफोन, मोबाइल रिचार्ज, अतिथि सत्कार र दैनिक भ्रमण भत्ताको रुपमा सुविधा पाउने व्यवस्था विधेयकमा छ । जनप्रतिनिधिले […]

Continue Reading

नेकपा द्वारा मलंगवामा विरोध प्रदर्शन

१२ असार सर्लाही : सर्लाहीको रामनगर गाउँपालिका वडा न-४ स्थित बहुअर्वामा भएको हत्याकाण्डका दोषी उपर कार्यवाहीको माग गर्दै नेकपा सर्लाहीले आज सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको छ । दोषी उपर कडा कार्यवाही ,मृतकको परिवारलाई क्षतिपूर्ति ,हत्यामा संलग्न ब्यक्तिलाई पक्राउ गरि जिल्लामा हाजिर गर्नुपर्ने र मृतकलाई सहिद घोषणा गर्नुपर्ने मागहरु राखेर विरोध प्रदर्शन गरिएको नेकपाका युवा […]

Continue Reading

सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाइँदै

१ असार, काठमाडौंः समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद दुबै पदबाट हटाउने भएको छ । सांसद गिरीले नयाँ नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक खारेजको माग गर्दे बुधवार संसद सचिवालयमा संशोधन विधेयक दर्ता गराएकी थिइन् । सो विधेयक फिर्ता लिनका लागि समाजवादी संसदीय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले निर्देशन दिएका थिए । […]

Continue Reading