सर्लाहीको आगलागीपीडित परिवारलाई युवाद्वयकाे सहयाेग

३ मंसिर सर्लाही । बागमती नगरपालिका निवासी आगलागीपीडित एक परिवारलाई दुई मनकारी युवाले राहत स्वरुप सामग्री प्रदान गरेका छन्  गत साेमबार भाईटिकाकाे दिन अागालागीबाट घर तथा घरभित्र रहेकाे सम्पूर्ण सामग्री जलेर नष्ट हुँदा पीडामा परेका बागमती नगरपालिका वडा नम्बर १२ निवासी भक्त बहादुर गोलेको परिवारलाई राहत सामग्री प्रदान गरिएकाे हाे । बागमती निवासी नेपाल तामाङ […]

Continue Reading

सर्लाहीको मलंगवा नाकामा आज देखि धर्ना सुरु

नेपाल भारत सीमानाका बिगत ८ महिना देखि बन्द भएपछि सर्लाहीका जनता दुखः भोग्न बाध्य रहेको भन्दै सर्वपक्षिय जिल्ला संर्घष समिती सर्लाहीले चरणबद्व आन्दोलन घोषणा सहित दशगजा क्षेत्रमा धर्नामा बसेका छन। धर्नामा बसेका जसपाका नेता तथा जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले सीमानाका बन्द रहेको अवस्थामा स्थानीयवासि १ रूपैयाको सामान ५ रूपैयामा खरिद गर्न बाध्य […]

Continue Reading

सर्लाहीमा नेपाल–भारत सिमा नाका खोल्नका लागि भोलीदेखि आन्दोलन गरिने

१ मंसिर, सर्लाही। नेपाल–भारत सिमा नाका खोल्नका लागि भोलीदेखि सर्लाहीमा आन्दोलन गरिने भएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखि बन्द रहेको नेपाल–भारत सीमानाका कारण दुवै देशका सिमावर्ती क्षेत्रका बासिन्दा समस्यामा परेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरिएको हो । आज जिल्ला समन्वय समिति सर्लाहीमा बसेको सर्वपक्षिय बैठकले भोली मंगलवारदेखि आन्दोलन गरिने निर्णय गरेको छ […]

Continue Reading

मंसिर ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध

२७ कार्तिक सर्लाही । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पु¥याएको छ । बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सिमानाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरिएको जानकारी दिनुभएको हो । सरकारले यसअघि कात्तिक ३० गतेसम्म सिमानाकामा प्रतिबन्ध लगाएको थियो । […]

Continue Reading

नेपाल–भारत उच्चस्तरीय भ्रमणको बाटो खुल्न सक्छ : पूर्वराजदूत पुरी

२६ कार्तिक सर्लाही | नेपालका लागि पूर्व भारतीय राजदूत मन्जिभ सिंह पुरीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणलाई नेपालमा निकै स्वागत गरिएको बताउँदै यो भ्रमणले दुई देशबीचमा निरन्तर उच्च तहको भ्रमणको बाटो खोल्न सक्ने बताएका छन् । भारतीय पत्रिका दि ट्रिबुयनमा भारतीय सेनापतिको नेपाल भ्रमणको सन्दर्भमा एक लेख प्रकाशित गर्दै राजदूत पुरीले नेपाल […]

Continue Reading

सर्लाहीको बाग्मती नगरपालिका पर्यटक आकर्षित गर्न फनपार्क बनाउँदै

२० कार्तिक सर्लाही। सर्लाहीको बाग्मती नगरपालिका–११ वुद्ध शान्ति तपोवनमा फनपार्क निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । जिल्लाकै ऐतिहासिक यस ठाउँमा पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिका कार्यालयले फनपार्क निर्माण गर्न लागेको हो । एक वर्षभित्रै निर्माणको काम पूरा गर्ने गरी गौरी पार्वती सुनकोसी धुलिखेल जेभि नयाँ बाँनेश्वर काठमाण्डौंले मंगलावर ठेक्का सकार गरेको बाग्मती नगरपालिकाका प्रमुख […]

Continue Reading

उपमेयर र वडाध्यक्षहरुद्वारा मलंगवा नगरपालिकामा विरोध प्रदर्शन

उपमेयर सहित वडाध्यक्षहरुले आज दिउँसो  सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिकामा नगर प्रमुख  तथा प्रमुख प्रशासकीय अधिकृतको विरुद्धमा नाराबाजी र विरोध प्रदर्शन गरेका छन् ।  नगर प्रमुख निरसल साहले   प्रशासकीय अधिकृत होमनाथ सुवेदीसँग  परिषद्को निर्णय विपरित कार्य सम्पादन गरी अनियमितता गरेको आरोप लगाउँदै कार्यालयको मुल गेट अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन । सोमबार उपमेयर र […]

Continue Reading

उपमेयर र वडाध्यक्षहरुद्वारा मलंगवा नगरपालिकामा तालाबन्दी

१७ कात्तिक सर्लाही | सर्लाहीको मलंगवा नगरपालिकामा उपमेयर सहित  वडा अध्यक्षहरुले  तालाबन्दी गरेका छन्।  नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत(हाकिम)ले  मनोमानी रुपमा बजेट चलाउनुका साथै परिषद्को निर्णय विपरित कार्य सम्पादन गरेको भन्दै तालाबन्दि गरेका हुन्। यसै क्रममा आज दिउँसो मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानीको अगुवाइमा नगरपालिका अन्तर्गतका वडाका वडाध्यक्षहरुले उक्त कार्यालयको लेखा शाखामा तालाबन्दी […]

Continue Reading

भारतबाट नेपाल भित्रिदै गरेको १० क्विन्टल ८८ किलो पटका सहित ट्याक्टर बरामद

१७ कार्तिक सर्लाही ।सर्लाहीमा प्रहरीको सक्रियता दिन प्रति दिन बढदै गएको छ। यतिबेला सर्लाही प्रहरी अपराध नियन्त्रणमा पूर्ण रुपमा सक्रियता देखाएको छ । जिल्लामा सर्लाही प्रहरी प्रमुख देखि प्रहरीका सम्पूर्ण युनिट अपराध नियन्त्रण गर्न लागि परेको छ । यसै क्रममा सर्लाहीमा प्रहरीले १०क्विन्टल ८८ किलो ग्राम पटका सहित ट्याक्टर नियन्त्रणमा लिएको छ । दशै, तिहार […]

Continue Reading

सर्लाहीमा युवा समाज कल्याण लगायत बिभिन्न संस्थाहरू द्वारा महिला हिंसा बिरुद्ध प्रदर्शन ..

२५  असोज सर्लाही। सर्लाहीमा आज अन्तर्राष्ट्रिय बालिका दिवसको उप्लक्ष्मा महिलाहरु माथि हुने हिंसा बलात्कार तथा आक्रमणको विरूद्ध आइतबार एकै साथ् सर्लाहीको सदरमुकाम मलंगवा ,लालबन्दी ,हरिवन र हरिपुरमा प्रदर्शन गरिएको छ । देशभर बढेको बलात्कारका तथा एसिड आक्रमणका घटना प्रति चिन्ता व्यक्त गर्दै सर्लाहीका केहि संस्थाहरु र किशोर किशिरीहरु पिडकलाई कडा कारवाही र पीडितलाई न्यायको माग […]

Continue Reading