सर्लाहीमा प्रहरीद्वारा ८० लिटर अवैध घरेलु मदिरा बरामद

२७ कार्तिक सर्लाही । सर्लाहीमा प्रहरीले ८० लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ। सर्लाहीको हरिपुर न.पा.२ लखनदेही खोला स्थित साइकलमा ल्याईरहेको अवस्थामा उक्त परिमाण बराबरको रक्सी बरामद गरेको छ। साईकलमा राखी ५ वटा ग्यालेनमा १५ लिटरका दरले ७५ लिटर र १ वटा ग्यालेनमा ५ लिटर गरी जम्मा ८० लिटर घरेलु मदिरा हरिपुर तर्फ ल्यउदै […]

Continue Reading

सर्लाहीको भेल्हीमा मौरीले टोकेर आमा छोरी घाईते

२६ कार्तिक सर्लाही। सर्लाहीको ब्रम्हपुरी गाउँपालिकामा मौरीको टोकाइबाट  आमा छोरी बिरामी परेका छन् ।  प्रहरीका अनुसार मंगलबार   साँझ साढे ५ बजे घरभन्दा केही पर चौरीमा घाँस काटिरहेको अवस्थामा  ब्रम्हपुरी गाउँपालिका वडा न-३ भेल्ही निवासी दिनेश मुखियाकी  ३० वर्षिया श्रीमती  पार्वती मुखिया र निजकी छोरी १२ वर्षिया करिना मुखियालाई मौरीले टोकेर घाइते बनाएको हो।   मौरीको […]

Continue Reading

नेपाल–भारत उच्चस्तरीय भ्रमणको बाटो खुल्न सक्छ : पूर्वराजदूत पुरी

२६ कार्तिक सर्लाही | नेपालका लागि पूर्व भारतीय राजदूत मन्जिभ सिंह पुरीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणलाई नेपालमा निकै स्वागत गरिएको बताउँदै यो भ्रमणले दुई देशबीचमा निरन्तर उच्च तहको भ्रमणको बाटो खोल्न सक्ने बताएका छन् । भारतीय पत्रिका दि ट्रिबुयनमा भारतीय सेनापतिको नेपाल भ्रमणको सन्दर्भमा एक लेख प्रकाशित गर्दै राजदूत पुरीले नेपाल […]

Continue Reading

सर्लाहीको बाग्मती नगरपालिका पर्यटक आकर्षित गर्न फनपार्क बनाउँदै

२० कार्तिक सर्लाही। सर्लाहीको बाग्मती नगरपालिका–११ वुद्ध शान्ति तपोवनमा फनपार्क निर्माणका लागि ठेक्का सम्झौता गरिएको छ । जिल्लाकै ऐतिहासिक यस ठाउँमा पर्यटक आकर्षित गर्ने उद्देश्यले नगरपालिका कार्यालयले फनपार्क निर्माण गर्न लागेको हो । एक वर्षभित्रै निर्माणको काम पूरा गर्ने गरी गौरी पार्वती सुनकोसी धुलिखेल जेभि नयाँ बाँनेश्वर काठमाण्डौंले मंगलावर ठेक्का सकार गरेको बाग्मती नगरपालिकाका प्रमुख […]

Continue Reading

उपमेयर र वडाध्यक्षहरुद्वारा मलंगवा नगरपालिकामा विरोध प्रदर्शन

उपमेयर सहित वडाध्यक्षहरुले आज दिउँसो  सर्लाहीको सदरमुकाम  मलंगवा नगरपालिकामा नगर प्रमुख  तथा प्रमुख प्रशासकीय अधिकृतको विरुद्धमा नाराबाजी र विरोध प्रदर्शन गरेका छन् ।  नगर प्रमुख निरसल साहले   प्रशासकीय अधिकृत होमनाथ सुवेदीसँग  परिषद्को निर्णय विपरित कार्य सम्पादन गरी अनियमितता गरेको आरोप लगाउँदै कार्यालयको मुल गेट अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन । सोमबार उपमेयर र […]

Continue Reading

सर्लाहीको त्रिभुवननगरबाट लागुऔषध सहित एक युवक पक्राउ

१८ कात्तिक सर्लाही। सशस्त्र प्रहरी बल नेपाल बोर्डर  आउट पोस्ट त्रिभुवननगरले प्रतिबन्धित लागुऔषध सहित एकजना लाई पक्राउ गरेको छ । सोमबार बेलुका ४ बजेको समयमा ब्रम्हपुरी गाउँपालिका वडा न-४ दशगजा बोर्डर इलाका अन्तर्गत शेख टोल नाकाबाट बिओपी त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरिक्षक सखिचन मोचीको कमाण्डमा खटिएको ६ जनाको पैदल गस्ती टोलीले चेकजाँच गर्ने क्रममा सिमापारी भारतबाट […]

Continue Reading

उपमेयर र वडाध्यक्षहरुद्वारा मलंगवा नगरपालिकामा तालाबन्दी

१७ कात्तिक सर्लाही | सर्लाहीको मलंगवा नगरपालिकामा उपमेयर सहित  वडा अध्यक्षहरुले  तालाबन्दी गरेका छन्।  नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत(हाकिम)ले  मनोमानी रुपमा बजेट चलाउनुका साथै परिषद्को निर्णय विपरित कार्य सम्पादन गरेको भन्दै तालाबन्दि गरेका हुन्। यसै क्रममा आज दिउँसो मलंगवा नगरपालिकाका उपमेयर शान्ती सबनम मिकरानीको अगुवाइमा नगरपालिका अन्तर्गतका वडाका वडाध्यक्षहरुले उक्त कार्यालयको लेखा शाखामा तालाबन्दी […]

Continue Reading

भारतबाट नेपाल भित्रिदै गरेको १० क्विन्टल ८८ किलो पटका सहित ट्याक्टर बरामद

१७ कार्तिक सर्लाही ।सर्लाहीमा प्रहरीको सक्रियता दिन प्रति दिन बढदै गएको छ। यतिबेला सर्लाही प्रहरी अपराध नियन्त्रणमा पूर्ण रुपमा सक्रियता देखाएको छ । जिल्लामा सर्लाही प्रहरी प्रमुख देखि प्रहरीका सम्पूर्ण युनिट अपराध नियन्त्रण गर्न लागि परेको छ । यसै क्रममा सर्लाहीमा प्रहरीले १०क्विन्टल ८८ किलो ग्राम पटका सहित ट्याक्टर नियन्त्रणमा लिएको छ । दशै, तिहार […]

Continue Reading

सर्लाहीको बरहथवा नगरपालिकामा आगलागी हुदाँ १५ लाख बराबरको क्षति

१४ कार्तिक सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकामा एक घरमा आगलागी हुदाँ १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ। सर्लाही बरहथवा न.पा. १४ लालदियर निवासी राम विहारी महतोको घरमा आगलागी हुदाँ उक्त मूल्य बराबरको क्षति भएको छ। घरको सबै मानिसहरु छिमेकमा लागेको नाच हेर्न गएको बेला ईटा सिमेन्ट र काठले बनेको जस्ता र अल्वेस्टरले छाएको […]

Continue Reading

सर्लाहीको मलंगवामा प्रहरी कार्यालय भित्रै कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

मलंगवा – सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय परिसरमै नेपाली कांग्रेसका नेता कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा दुवैतर्फबाट पाँच दर्जन बढी घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालयमा धर्ना दिन गएका कांग्रेस कार्यकर्ता र प्रहरीबीच बुधबार दिउँसो झडप भएको हो । धर्नामा बसिरहेको तथा केही दिनअघी एक कांग्रेस कार्यकर्ताको हत्या सम्बन्धी कर्तव्य […]

Continue Reading