ठूलो मात्रामा लागुऔषधसहित काठमाडौंबाट सर्लाहीका दुईसहित २२ जना पक्राउ

अपराध देश समाचार

१८ साउन सर्लाही : प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुबाट खैरो हेरोइन ४५९ ग्राम, डाइलेक्स डीसी ११८० बोतल, नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थान बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

बरामद लागुऔषधकाे ​अबैध बजार मूल्य रु. ५८ लाख १० हजार ८०० रुपैयाँ पर्ने लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

सर्लाहीको हरिवन नगरपालिका-४ स्थायी ठेगाना भएका वर्ष ३५ का बुद्ध बहादर बोम्जन, सर्लाहीकै ईश्वरपुर नगरपालिका–६ स्थायी ठेगाना भएका वर्ष २१ का ‘सन्तोष’ भन्ने विपिन कुसहवा, प्रदेश २-०३-००१ च २५०९ नम्बरको गाडी चालक रौतहट गरुडा नगरपलिका-९ बस्ने वर्ष २५ को सुभाष राय यादव, वडा नं. ८ स्थायी ठेगाना भएका वर्ष १९ को मोहमद आसफाक आलम रहेका छन्।

त्यस्तै, ताप्लेजुङको मेरिङदेन गाउँपालिका-५ स्थायी ठेगाना भएकी वर्ष ३३ की तुलसा खड्का, तुलसा खडकालाई लागुऔषध कारोबारमा सहयोग गर्ने सुनसरीको बराह नगरपाकिा-७ स्थायी ठेगाना भएका वर्ष २७ को  युवराज खड्का, रौतहटको डुमरियाना-२ घर भएका वर्ष ४६ को किशोर चौलागाई, सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका-१ घर भएका वर्ष ४७ को मान बहादुर तामाङलाई पनि लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

पक्राउ परेकाहरु माथी लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागुऔषध हेरोइन मुद्दा र नियन्त्रित लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *