सर्लाहीको रामनगरमा मोटरसाइकलको ठक्करबाट एक बालकको मृ*त्यु

दुर्घटना देश समाचार

१९ असार सर्लाही – सर्लाहीको रामनगर गाउँपालिका–७, गैरिया टोलमा शनिबार साँझ मोटरसाइकलको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

भारतीय बीआर ३० एस ८५६७ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका सुरेन्द्र साहका छोरा १० वर्षीय निखिल साहको ज्यान गएको हो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका निखिलको उपचारका क्रममा न्यूरो अस्पताल वीरगन्जमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *