विष सेवनबाट ८ महिने शिशुको मृ*त्यु

दुर्घटना देश

१७ असार सर्लाही – सर्लाहीको लालबन्दी नगरपालिका–१७ , रानिगन्जमा विष सेवनबाट ८ महिने शिशुको ज्यान गएको छ भने आमा सिकिस्त बिरामी परेकी छन् ।

विष सेवनबाट ईश्वरपुर नगरपालिका–५, नरेशखोर घर भएकी रमिता कुमारी महतोकी ८ महिने छोरी सृष्टि महतोको ज्यान गएको हो । आमाले विष सेवन गरेर दुध चुसाउँदा शिशुको ज्यान गएको प्रहरीले जनाएको छ । रमिता कुमारीले बिहीबारराती रानिगन्जस्थित राधाकृष्ण मन्दिर परिसरमा विष सेवन गरेर बसिरहेको अवस्थामा स्थानीयले देखेका थिए । तत्कालै प्रहरी पुगेर आमा र शिशु दुवैलाई उद्धार गरी लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्र डुमडुमेमा ल्याउँदा चिकित्सकले शिशुको मृ*त्यु भइसकेको घोषणा गरेका थिए ।

रमिता कुमारीको भने अहिले प्रादेशिक अस्पताल मलंगवामा उपचार चलिरहेको छ । घटनाको सम्वन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीका प्रवक्ता डीएसपी विजय यादवले बताए । घटनास्थल नजिकै विषादीको बोतल फेला परेको छ ।

प्रहरीका अनुसार रमिता कुमारीका श्रीमान रामविनोद महतोले करिव एक महिनाअघि मात्रै आत्महत्या गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *