निरहुवा र अमरपालीले गरे नेपाली परम्पराअनुसार विवाह !

मनोरञ्जन समाचार

काठमाडौं । अहिले काठमाडौंमा भोजपुरी फिल्म ‘निरहुवा हाजिर हो’को छायांकन भइरहेको छ । फिल्ममा भोजपुरी स्टार निरहुवा र अमरपालीको मुख्य भूमिका छ ।

बिहीबार जोरपाटीमा फिल्मको छायांकन भएको छ, जहाँ निरहुवा र अमरपालीले नेपाली परम्परा र भेषभूषामा विवाह गरे । सुटिङ सेटबाट सार्वजनिक भएको तस्वीरमा दुवै कलाकार ‘वरवधु’ लुक्समा देखिन्छन् ।२२ दिनको सेड्युल रहेको फिल्मको सम्पूर्ण छायांकन नेपालमै हुने भएको छ । निरहुवा र अमरपाली बाहेकका अन्य कलाकार नेपालबाटै छन् । फिल्मलाई मनोज नारायणले निर्देशन गरिरहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *