नेपाली कांग्रेस सर्लाहीमा फेरि विवाद, भोली पनि वडा अधिवेशन नहुने

देश राजनीति समाचार

मंसिर ९ सर्लाही – भोली हुनलागेको नेपाली कांग्रेस सर्लाहीको अधिबेशनमा फेरि विवाद उत्पन्न भएको छ ।

संस्थापन पक्ष निकट पार्टी सभापति नागेन्द्र कुमार राय र संस्थापन इतर पक्षका पूर्व जिल्ला सभापति लक्ष्मण राय समूहबीच क्रियाशील सदस्यताको विषयलाई लिएर बिहीबार पुनः विवाद सिर्जना भएको हो । केन्द्रीय निर्वाचन समितिले ४ दिनसम्म दुवै समूहका नेताहरुलाई पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलमा राखेर विवाद समाधान गरी जिल्ला पठाएको थियो ।

सोही अनुसार तेस्रो पटक खटाइएका निर्वाचन अधिकृत भरत राउतले भोली मंसिर १० गते जिल्लाको २० वटा पालिकाका २०० वटै वडामा वडाअधिवेशन गराउने तयारी गरेका थिए । तर बिहीबार दुई समूहबीच फेरि क्रियाशील सदस्यताको विवाद उत्पन्न भएपछि भोली पनि वडा अधिवेशन नहुने निश्चित भएको हो ।

पूर्व जिल्ला सभापति लक्ष्मण रायले जिल्ला सभापतिले फर्जी क्रियाशील सदस्य थपेको पाइएकाले, यही अवस्थामा अधिवेशन हुन नसक्ने बताए । केन्द्रीय नेता कृष्ण प्रसाद सिटौला र रमेश लेखकको हस्ताक्षरबाहेकका क्रियाशील सदस्यहरु नथप्ने सहमती गरेर आएपनि अहिले बिना नम्वर र बिना हस्ताक्षरको क्रियाशील सदस्यहरु थप गरिएको उनले आरोप लगाए ।

यस्तै, गोलप्रथाबाट शिक्षकहरुलाई मतदान अधिकृत खटाउने निर्णय गरेर आएपनि जिल्ला सभापति आफ्नो हिसाबले मतदान अधिकृतहरुको सूची तयार पारेको उनले बताए । यता, जिल्ला सभापति नागेन्द्र कुमार रायले भने सबै सहमती भइसकेको अवस्थामा फेरि बखेडा झिकेर सर्लाहीमा अधिवेशन गराउन नदिने षडयन्त्र गरिएको बताएका छन् । उनले कहाँ ? के कती ? क्रियाशील सदस्य थपिए भन्नेबारेमा आफूलाई जानकारी नरहेको बताए ।

सर्लाहीमा यसरी दुई पक्षको टकराबले कांग्रेसको अधिवेशन अन्यौलमय बनेको छ । यसअघि खटाइएका निर्वाचन अधिकृत विनोद कार्की र दीवाकर राज पाण्डे दुई पक्षबीचको विवादले गर्दा अधिवेशन गराउन नसक्ने भन्दै राजिनामा दिएर गएका थिए ।

दोस्रो पटक खटाइएका निर्वाचन अधिकृत पाण्डेमाथि कांग्रेसको एक समूहले वडा अधिवेशन घोषणा गरिएको दिन मंसिर २ गते सदरमुकाम मलंगवामा छलफल चलिरहेका बेला हातपात नै गरेको थियो । त्यसपछि केन्द्रीय निर्वाचन समितिले दुवै समूहका नेताहरुलाई काठमाण्डौं बोलाएर सहमती गराई मंगलवार मात्रै जिल्ला पठाइएको भएपनि फेरि यहाँ आएपछि बिहीबारबाट विवाद सुरु भएको

Leave a Reply

Your email address will not be published. Required fields are marked *