नेपाल प्रहरीका इन्स्पेक्टरहरू थापा , रावत र धिताललाई भारतमा उत्कृष्ट उपाधि

दुर्घटना समाचार

काठमाडौं, कार्तिक २६ : तालिममा रहेका नेपाल प्रहरीका तीन इन्स्पेक्टर भारतमा पुरस्कृत भएका छन् ।

हैदराबादस्थित सरदार बल्लभभाइ पटेल राष्ट्रिय पुलिस एकेडेमीमा सञ्चालित इन्डियन पुलिस सर्भिस (आईपीएस) तालिममा नेपाल प्रहरीकी निरीक्षक सिमोन धितालले ‘द जयपुर कप फर पीटी फर लेडी प्रोबेसनर्स’ उपाधि जितेकी छन् ।

यस्तै, प्रहरी निरीक्षक अनिल थापाले ‘द बीएसएफ ट्रफी फर प्रोफिसिएन्सी इन आउटडोर सब्जेक्ट्स’ उपाधि प्राप्त गरेका छन् ।

प्रहरी निरीक्षक किरण रावतले ‘द जयपुर कप फर पीटी फर जेन्टलमेन प्रोबेसनर्स’को उपाधि प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *