मलंगवा,२०७८/०७/२२
नेपाली हरु को महान चाड दशैँ र दिपावली (तिहार) सकिए लगतै तराइ मधेश मा छठ महापर्व को तयारी सुरु भएको छ ।
मान्छेहरु दिपावली सकिए लगतै छठ पर्व को समान किन्न व्यस्त भएका छन् । भने कतिपय मान्छे छठ पुजा को लागि घात बनाउने कार्य मा व्यस्त भएका छन् ।
कार्तिक शुक्ल चतुर्थी को दिन देखि विधिवत रुप मा शुरु हुने छठ पर्व लगातार ४ दिन सम्म मनाइन्छ । छठ महपर्व को पहिलो दिन नहाय खाय पर्दर्छ भन्ने दोश्रो दिन अर्थात कार्तिक शुक्ल पंचमी को दिन खरना हुन्छ ।त्यस्तै कार्तिक शुक्ल षष्ठी को दिन अर्थात तेश्रो दिन अस्ताउदो सुर्य लाइ अर्घ दिइन्छ । चौथो दिन अर्थात कार्तिक शुक्ल सप्तमी को दिन बिहानै उदाउदो सुर्य लाइ व्रतालु हरु ले अर्घ दिइ छठ पर्व लाइ विधिवत रुप मा सम्पन्न गर्दछन । छठ पर्व मा प्रसाद को रुप मा प्राय केरा ,स्याउ,सुन्तला,उखु,मुला, ठेकुवा हुने गर्दछन ।
