सर्लाही– पोखरीमा डुबेर एक बालिका मृत भेटिएकी छिन् ।
घर नजिकैको सरकारी पोखरीमा नुहाउन गएका बेला बागमती नगरपालिका–३, तीनघरेका रामविश्वास यादवकी छोरी १३ वर्षीया सुशीला कुमारीको आइतवार बिहान शव फेला परेको हो ।
शनिवार साँझदेखि पोखरीमा डुबेर बेपत्ता बालिकाको केहीबेर अघिमात्रै शव फेला परेको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।