मलंगवामा गाँजासहित एक पक्राउ

अपराध समाचार

मलंगवा – सर्लाही प्रहरीले अवैध लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।

शनिबार मलंगवा नगरपालिका–२ दशगजा क्षेत्रबाट सर्लाहीकै ब्रहम्पुरी गाँउपालिका–८ भेल्हीका ४५ वर्षीय बिन्देश्वर सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेका सहनीको साथबाट तीन किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

पैदलै भारततर्फ जाँदै गरेका सहनीलाई गस्ती टोलिले शंका लागि जाँच गर्दा उक्त परिमाणमा गाजा बरामद् गरेको हो । प्रहरीका अनुसार सहनीले बोकेको नाईलनको झोला चेकजाँच गर्दा झोला भित्र प्लाष्टिकले प्याक गरेर राखिएको अवैध लागुऔषध गाँजा फेला परेको थियो । बरामद् लागूऔषध गाँजा र पक्राउ परेका सहनी दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *