न्यादी हाइड्रोपावरको आइपीओमा पहिलो दिनमा यसरी पर्यो आवेदन

अर्थ शेयर बाजार समाचार

काठमाडौं : न्यादी हाइड्रोपावरको आइपीओमा ५० लाख ७१ हजार ६४० कित्ताको लागि आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसो पौने ४ बजेसम्ममा ३ लाख ९० हजार ३७५ जना आवेदकबाट ५० करोड ७१ लाख ६४ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.४२ गुणा बढी हो ।

कम्पनीले आज (असोज १५ गते) बाट २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । कुल बिक्रीमध्ये ५% अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोष र २% अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ। बाँकी २० लाख ९२ हजार ५०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा असोज १९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी केयर रेटिङ नेपालले न्यादीको आइपीओलाई औसत आधार जनाउने ‘केयर एनपी आइआर डबल बी’ रेटिङ दिएको छ । केयरले सन् २०७७ असोज २३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङको म्याद यही असोज २२ गते सकिँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *