छूटा छुटै दुर्घटनामा एकको मृत्यु, ५ घाईते

दुर्घटना देश

गोडैता – सर्लाहीमा आइतवार दिउँसो भएको बेग्लाबेग्लै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन् ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–६, सीमरा भगवतीपुरमा आइतवार ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । गाउँको भित्री सडकमा ना ६ त ८५४ नम्वरको ट्याक्टरले ठक्कर दिँदा बीआर ०७ भी ५३१६ नम्वरको मोटरसाइकलका चालक गोडैता नगरपालिका–६, बगदहका २३ वर्षीय रुपेश बैठाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने चालक फरार भएका छन् । मृतक युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा ल्याइएको र फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका–१६, परवानिपुर भोर्लेनीमा अटो र बोलेरो पिकअप ठोक्किँदा पाँच जना घाईते भएका छन् । रानिगन्जबाट परवानिपुरतर्फ गइरहेको ना १ ह ८५७४ नम्वरको अटो र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०२ ००१ च ०४९२ नम्वरको पिकअप ठोक्किएर दुर्घटना भएका हुन् ।

दुर्घटनामा अटो चालक लालबन्दी नगरपालिका–१६ का २२ वर्षीय रत्नबहादुर बलम, अटोमा सवार लालबन्दी नगरपालिका–१५, का २० वर्षीय शीतल तामाङ, २७ वर्षीय भद्रबहादुर स्याङतान, ३४ वर्षीय सुतरमान बम्जन र ५८ वर्षीय मैतमी थामी घाईते भएका ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

घाईतेहरुको लालबन्दीस्थित गढिमाई अस्पतालमा उपचार चलिरहेको छ । पिकअप, त्यसका चालक र अटो अस्थायी प्रहरी चौकी परवानिपुरको नियन्त्रणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *