मलंगवा मा बेवारिसे शव फेला

अपराध समाचार

असार २५, मलंगवा जिल्ला सदरमुकाम मलंगवा नगरपालिकामा शुक्रवार दिउँसो एक पुरुषको वेवारिसे शव फेला परेको हो। नेपाल बैंकदेखी करिब ५० मिटर दक्षिणपट्टी एक घरको बरण्डामा राखिएको खाटमा उक्त शव फेला परेको हो । उक्त शव ३५ वर्षीय पुरुषको  हो। फेला परेको शव भारतको सितामढी जिल्ला, कन्हौली थाना, भलुवहा पंचायतको रमनगरा गाउँ बस्ने रामवृक्ष रायको ३५ वर्षीय छोरा मुकेशको रहेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *