आफ्नै भाइले गरे राष्ट्रिय अनुसन्धानका सुचक सिंहको ह*त्या

अपराध देश समाचार

मादक पर्दाथ सेवन गरेका आफ्नै भाइले राष्ट्रिय अनुसन्धान सूचक पदमा कार्यरत दाजुको हत्या गरेका छन् । विराटनगर महानगरपालिका ५ का ३१ वर्षीय साजन सिंहले शुक्रबार राति धारिलो हतियार प्रहार गरेर राष्ट्रिय अनुसन्धान खोटाङमा सूचक पदमा कार्यरत ४२ वर्षीय दाजु भोला सिंहको हत्या गरेका हुन् ।

मोरङ प्रहरीका अनुसार मापसे गरेका भाइ साजनले शुक्रबार राती १० बजेतिर दाजु भोलालाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएका थिए । घाइते दाजुलाई प्रहरीले राती नै उपचारका लागि विराट अस्पताल लगिएको थियो । तर, उनको उपचारकै क्रममा राती ११ बजे मृत्यु भएको थियो ।

दाजुको हत्या आरोपमा प्रहरीले भाइ साजनलाई नियन्त्रणमा लिएको छ । राष्ट्रिय अनुसन्धानको कार्यालय खोटाङमा कार्यरत सूचक भोला हेटौंडामा तालिम सम्पन्न भएपछि केहीदिन अघि विराटनगर स्थित घर आएका थिए । आजभोली नै उनी कार्यरत जिल्ला जाने तयारीमा थिए ।

भोलाका १६ वर्ष मुनिकादुई छोरा र श्रीमती छन् । भोलाको हत्यागर्ने साजनको भने गत वैशाखमाश्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको पाइएको छ । मादकपदार्थ र लागुऔषध सेवन गरेर सधैँ घरमाझैझगडा तथा कुटपिट गर्ने गरेपछि श्रीमतीले सँगै बस्न नमानेर सम्बन्ध विच्छेद गरेको स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *