सर्लाहीको बरहथवामा २ वर्षीय बालकको पानीमा डुबेर मृ*त्यु

दुर्घटना समाचार

२ असार बरहथवा – सर्लाहीको बरहथवामा पानीमा डुबेर दुई वर्षका बालकको मृ*त्यु भएको छ । बरहथवा नगरपालिका-५, बस्ने मुकेश गुप्ताका दुई वर्षीय छोरा ओम गुप्ताको पानीमा डुबेर मृ*त्यु भएको हो । बालक हिजो (मंगलवार) दिउँसोपख खेल्दै जाने क्रममा आफ्नै घरको चापा कलको फोहोर पानी जम्ने खाल्डोमा डुबेर अचेत भएका थिए । उनलाई तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पुर्‍याइएपनि चिकित्सकले मृ*त घोषणा गरेका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृ*तकको शव जिल्ला अस्पताल मलङ्गवामा पोष्टमार्टम पश्चात आफन्तले बुझेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *