सर्लाहीमा करेन्ट लागेर किशोरको मृ*त्यु

दुर्घटना समाचार

८ जेष्ठ बरहथवा – सर्लाहीको बरहथवामा विद्युतीय करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ । बरहथवा नगरपालिका–१५ पिपराभित्ता स्थित सुकुम्बासी टोल निवासी परिसर सहनिको छोरा १५ वर्षीय रामु सहनीको करेन्ट लागेर शुक्रबार मृत्यु भएको हो । आफ्नै घरमा बत्ति जोड्ने क्रममा
अचानक करेन्ट लागि गम्भिर घाइते भएका सहनीलाई उपचारको लागि प्राथामिक
स्वास्थ्य केन्द्र बरहथवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *