सर्लाहीमा थप ६५ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ८२७ पुगे

कोरोना विशेष समाचार

७ जेठ मलंगवा – दोश्रो लहरमा फैलिएको कोरोना भाईरसबाट सर्लाहीमा हालसम्म ८२७ जना संक्रमित पुगेका छन् । जिल्ला प्रशासन कार्यालय मलंगवाकाे तथ्यांक अनुसार शुक्रबार मात्र सर्लाहीमा ६५ जना संक्रमित थपिएका छन् । बिहिबारसम्म ७६२ जना संक्रमित थिए । पीसीआर गर्दा  ७१२ जना तथा एन्टिजेन परीक्षण गर्दा ११५ जनामा कोरोना संक्रमण पुष्टी भएको जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ । हालसम्म जिल्लामा कोरोना संक्रमणबाट मृ*त्यु हुनेको संख्या ३५ पुगेको छ । बिहिबार एकैदिन सर्लाहीका ६ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको थियाे । जिल्ला प्रशासन कार्यालय, सर्लाहीले जनाएको छ ।

यसैबिच, ईश्वरपुर नगरपालिकाले नगरभित्रका १२३ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाएकाे छ । कोरोना संक्रमणसँग मिल्ने लक्षण भएका बिरामी, मृ*तकका परिवार, सरकारी तथा बैँकका कर्मचारीलगायत १२३ जनाको स्वाब संकलन गरेर जिल्ला अस्पताल मलंगवामा पिसिआर जाँचका लागि पठाईएको ईश्वरपुर नगरपालिकाका प्रमुख मनोज कुमार देवकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *