सर्लाहीको हरिवनमा थपिए ४६ कोरोना संक्रमित, जम्मा संक्रमित संख्या ७ सय ६२ र ३५ जनाको मृ*त्यु

कोरोना विशेष समाचार

६ जेठ सर्लाही – सर्लाहीकाे हरिवन नगरपालिकाले संकलन गरेर पठाएकाे थ्राेट स्वाब मध्ये फेरि ४६ जना संक्रमित फेला परेका छन् ।

नगरपालिकाले गत साेमबार ४० जना पुरुष र ३३ जना महिला गरि ७३ जनाकाे थ्राेट स्वाब संकलन गरेर परीक्षणका लागि मलंगवा पठाएकाे र जसमध्ये आज (विहिबार) दिउँसाे आएकाे रिपाेर्ट अनुसार ४६ जनामा काेराेना भाईरस पाेजेटिभ देखिएकाे हाे । हरिवन नगरपालिका स्वास्थ्य शाखाका काेभिड फाेकल पर्सन एवं जनस्वास्थ्य निरीक्षक रामबाबु चाैधरीका अनुसार थप दुईजनाकाे रिपाेर्ट भने शंकाष्पद आएकाे छ । ती दुईजनाकाे स्वाब पुनः संकलन गरेर परीक्षणका लागि पठाउनु पर्ने भएकाे हाे ।

विहिबार आएकाे रिपाेर्ट अनुसार वडा नं. ११ मा सबैभन्दा बढी १७ जनामा काेराेना भाईरस देखिएकाे छ । जसमा १० जना पुरुष र सातजना महिला रहेका छन् । त्यस्तै वडा नं. सातमा पाँचजना महिला र एक पुरुष गरि छ जना, वडा नं. ८ मा तीन महिला र दुई पुरुष गरि पाँचजना, वडा नं. १० मा पनि तीनजना महिला र दुई पुरुष गरि पाँचजनामा काेराेना भाईरस देखिएकाे हाे । त्यस्तै वडा नं. वडा नं. नाै मा दुई महिला र एक पुरुष गरि तीनजना, वडा नं. तीनमा एकजना पुरुषमा काेराेना भाईरस देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *