सर्लाहीमा परालको टालबाट सूरु भएको आगलागीले घर र गोठ जलेर नस्ट

दुर्घटना समाचार

४ जेष्ठ, बसबरिया – सोमबार राती भएको आगलागीबाट बसबरिया गाउँपालिका–६, सहोडवा गाउँमा घर र गोठ जलेर खरानी भएको छ ।स्थानीय बासु साहको परालको टालमा राती ८ बजे लागेको आगो सल्केर छेउमै रहेको रुपलाल साहको घर र बुद्धि साहको गोठ जलेर पूर्ण रुपले नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट रुपलालको एक तले फुसको घर तथा घर भित्र रहेको धान, गहुँ, साईकल, लत्ताकपडा, झ्यालको काठ लगायत जल्ला एकलाख ७५ हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

त्यस्तै बुद्धि साहको फुसको गोठ जल्दा ३५ हजार एवं २५ हजार रुपैंया बराबरको परालको टाल जलेर नष्ट भएको छ । राती साँढे ९ बजे स्थानीय, सुरक्षाकर्मी लगायतको सकृयतामा नियन्त्रणमा लिएको आगलागीबाट जम्मा दुईलाख ३५ हजार रुपैंया बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी कसरी सूरु भयो भन्ने कुरा थाहा हुन नसकेको प्रहरीले जनायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *