बारामा होली खेल्ने क्रममा झडप, १ महिलाको मृ*त्यु, ६ जना घाईते

अपराध समाचार

१७ चैत्र सर्लाही । बाराको कलैया उपमहानगरपालिका–२३ भतौडामा होली खेल्ने क्रममा भएको विवादका क्रममा झडप हुँदा एक महिलाको मृ*त्यु भएको छ ।

स्थानीय ६५ वर्षीया सन्जा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । सोमबार भएको झडपमा अन्य ६ जना सामान्य घाइते भएका छन् । स्थानीय गिर्जा देवी, रामदेव शाह, राजेश साह, विन्देशवर साह, अम्बिका साह, रामप्रसाद साह सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए । शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

यसैगरी कलैया उपमहानगरपालिका–२६ का वडाध्यक्ष महेश साह, वडासचिव र एक महिलामाथि कुटपिट भएको छ । होली खेल्ने क्रममा भएको झगडा छुट्याउन गएका वडाध्यक्ष साहमाथि नै कुटपिट भएको प्रहरीले जनाएको छ । कुटपिट गर्ने व्यक्ति फरार रहेकाले खोजी भइरहेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *