सर्लाहीको मलंगवामा टेक्टरको ठक्करबाट १ महिलाको मृ*त्यु

दुर्घटना समाचार

२० माघ सर्लाही सर्लाहीको सदरमुकाम मलंगवामा ट्रेकटरको ठक्करबाट एक महिलाको मृ*त्यू भएको छ । मृ*त्यु हुनेमा भारत विहार जिल्ला सिताढी थाना परसौनी ग्राम घुरवारको मुन्नी देवी हाल मलंगवा नपा ९ मा बस्ने सोनेलाल साहको घरमा डेरा लिइ बस्दै आइरहेको थियो । सर्लाहीको मलंगवा वडा नं. ९ स्थित रहेको हनुमान मन्दिर अगाडि प्रदेश नं.२ ०२–००१ त ०७०९ नं.को ट्रेकटरको ठक्कर दिदाँ मुन्नी देबवी घाइते भएको थियो । निजलाई उपचारको क्रममा वीरगन्जको नेशनल मेडिकल कलेजमा मु*त्यू भएको प्रहरीले जनाएको छ ।

सो ठक्कर दिने ट्रयाक्टरको चालक हाल फरार रहेको र सो घटना घटाएको भनि ट्रयाक्टर नं. ज २ त ८५२ लाई प्रहरीले नियन्त्रणमा लिएको छ । सोमबार साँझ ६ः०० बजेको समयमा अचानक प्रदेश नं.२ ००२(००१ त ०७०९ नम्बरको ट्रयाक्टरले ठक्कर दिएको थियो । मलंगवा नगरपालिका वडा नं ३ बस्ने सिकिन्दर रायको नाउँमा दर्ता रहेको ट्रयाक्टरलाई समातीएको छ । दुर्घटनामा संलगन ट्रयाक्टरलाई सामात्न आवश्यक कारवाही गर्नको लागि मृतकका छोरा वर्ष २६ को कुमार राउत जिल्ला प्रहरी कार्यलय सर्लाहीमा दर्खास्त दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *