१८ माघ सर्लाही। सर्लाहीको बाग्मति नगरपालिका ८ स्थित मोटरसाइकलको ठक्करबाट एक जना पैदल यात्रीको मृ*त्यु भएको छ । मृ*त्यु हुनेमा सोही ठाउँ बस्ने बर्ष ५५ को दमाई सार्कि रहेको हो । शणिबार साझ साढे सात बजेको समयमा बरहथवाबाट शोल्टि बजार तर्फ जाँदै गरेको प्र.नं. २(०२(००३ प ३२७७ नं. को मोटरसाइकलले पैदल यात्रि सार्किलाई ठक्कर दिदाँ हात,खुट्टा र भित्रि शरिरमा चोट लागि घाइते भई उपचारको लागी बिरगंज लैजादै क्रममा उनको बाटोमा मृ*त्यु भएको जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रनाउ मदँन कुवरले जानकारी गराए ।
त्यस्तै मोटरसाइकल चालक बरहथवा न.पा.६ बस्ने बर्ष २५ को समिर योन्जनको टाउको,मुख,अनुहारमा चोट लागि घाइते भएको र सोही ठाउ बस्ने मोटरसाइकलमा पछाडि सवार २७ को संजिप योन्जनको हात खुट्टामा चोट लागि घाइते भएकोमा दुबैजनाको उपचारको लागि नमुना अस्पताल हरिवनमा लगेकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिरगंज तर्फ रिफर गरीएको र घटना सम्बन्धि थप अनुसन्धान भइरहेको कुवरले जानकारी गराए ।