सर्लाहीमा १२९ जनालाई कोरोना विरुद्धको खोप लगाईयो

कोरोना विशेष समाचार

१४ माघ  सर्लाही। सर्लाहीमा कोरोना विरुद्धको खोप सुरु भएको छ । बुधवार कोरोना विरुद्ध १ सय २९ जनालाई खोप लगाइएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । बुधवार १ सय जनालाई कोरोना विरुद्ध खो लगाउने लक्ष्य भएपनि स्वास्थ्यकर्मी ४३ जना, कार्यलय सहयोगी, भान्से, सरसफाईका कर्मचारी गरी २६ जना, महिला स्वयमसेविका २० जना, एम्बुलेन्स चालक १ जना, सुरक्षा निकायका कर्मचारी ३९ जना गरी १ सय २९ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

मलंगवा अस्पतालका प्रमुख डां संजिव सिंह, स्वास्थ्य कार्यालयका प्रमुख श्रवन कुमार नायक र सरकारी वकीलको कार्यालय प्रमुखलाई मलंगवा अस्पतालमा कोरोना विरुद्धको खोप दिएर उद्घाटन गरिएको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । कोरोना विरुद्ध खोप शुभारम्भ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तथा जिल्ला खोप समन्वय समिति अध्यक्ष सुरेन्द्र पौडेल, पत्रकार महासंघका अध्यक्ष विश्वनाथ ठाकुर लगायत विभिन्न कार्यालयका प्रमुखह तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बिहिवार मलंगवा नगरपालिकाका सम्पूर्ण वडामा फ्रन्टलाइनमा काम गर्ने विभिन्न व्यक्तिहरुलाई खोप दिइने छ । त्यस्तै जिल्लाभरीका अन्य पालिकामा पनि क्रमश सम्वन्धित पालिकामै कोरोना विरुद्धको खोप दिइने छ । पहिलो चरणको ५ हजार ३ सय डोज खोप १० दिनमा सकाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।

कोरोना विरुद्धको खोप एक भाईल बराबर १० डोज हुने भएको हुदाँ एउटा व्यक्तिलाई १ डोज अर्थात शुन्य दशमलव ५ (०.५ एमएल) मिलिलिटर खोपको मात्र एक जनालाई दिइने छ ।पहिलो चरणको खोप लगाए पश्चात चार हप्ता पछि ७० प्रतिशत जनसंख्यालाई खोप दिने सरकारको नीति अनुसार १८ वर्ष वा सो भन्दा माथिको अन्य व्यक्तिलाई पनि खोप दिइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *