१२ माघ सर्लाही । सर्लाहीमा पनि कोरोना भाईरस बाट बच्न खोप लगाइने भएको छ । सर्लाहीमा पहिलो चरण अन्तर्गत फ्रन्ट लाइनमा काम गर्ने स्वास्थ्यकर्मी, महिला स्वयमसेविका, सुरक्षा कर्मी, कर्मचारी, एम्बुलेन्स ड्राइवर, सरसफाईको काम गर्ने क्लिनर, कर्मचारी, महिला, गैर सरकारी संस्थका कर्मचारीहरुलाई कोरोना बाट बच्न खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख श्रवन कुमार नायकले बताए ।
मंगलवार प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला खोप समन्वय समितिको बैठक बसी भोलि(बुधवार) बिहान १० बजे जिल्ला अस्पतालको स्वास्थ्यकर्मीहरुलाई कोरोना बाट बच्न खोप लगाएर उद्घाटन गरिने स्वास्थ्य कार्यालय प्रमुख नायकले जानकारी दिए । कोरोना बाट बच्न खोप लगाउन पुरा तयारी भैसकेको छ, सर्लाहीमा पहिलो चरण अन्तर्गत कोरोना विरुद्धको खोप ५ हजार ३० जना व्यक्तिहरुलाई लगाइने स्वास्थ्य कार्यालय प्रमुख नायकले बताए ।
कोरोना विरुद्धको खोप एक भाईल बराबर १० डोज हुने भएको हुदाँ एउटा व्यक्तिलाई १ डोज अर्थात शुन्य दशमलव ५ (०.५ एमएल) मिलिलिटर खोपको मात्र एक जनालाई दिइने सर्लाही स्वास्थ्य कार्यालय प्रमुख नायकले जानकारी दिएको छ । खोपको भ्याक्सिन स्वास्थ्य कार्यालयमा नै भण्डार गरेर राखिने छ ।
हामिलाई सर्लाहीका २० वटै पालिकाको सवैक्षण गरेका थियौँ, फ्रण्टलाईनमा काम गर्ने ६ हजार ६ सय ३९ व्यक्ति छानेर कोरोना विरुद्ध ७ हजार डोज खोप मागेका थियौँ र हामिलाई ५ हजार ३० जना व्यक्तिलाई लगाइने खोप प्राप्त भएको हुदाँ सोहि अनुसार पहिलो चरणमा खोप लगाइने स्वास्थ्य कार्यालय प्रमुख नायकले भने । पहिलो चरणको खोप लगाए पश्चात चार हप्ता पछि ७० प्रतिशत जनसंख्यालाई खोप दिने सरकारको नीति अनुसार १८ वर्ष वा सो भन्दा माथिको अन्य व्यक्तिलाई पनि खोप दिइने छ , स्वास्थ्य कार्यालय प्रमुख नायकले भने ।