सर्लाहीको खुटौनामा आगलागी हुदाँ चार लाख बराबरको क्षति

दुर्घटना समाचार

३ माघ सर्लाही। सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ६ खुटौना मा आगलागी हुदाँ चार लाख मुल्य बराबरको क्षति भएको छ । शनिवार विहान वडा नं. ६ बस्ने ५० वर्षिय हिरालाल साहको गोठमा लामखुट्टे धपाउनको लागी बालेको घुरबाट अचालन आगो सल्कि गोठमा आगलागी भएको थियो । आगलागी बाट १ भैसी, ४ बाख्रा ,अन्नपात, गोठ गरी अन्दाजी चार लाख बराबारको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै आगो निभाउने क्रममा हिरालाल साहको टाउको र दाहिने हातमा सामान्य पोलेर उनि घाइते समेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता मदन कुवँरले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *