ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा : राजेन्द्र महतो

राजनीति समाचार

३ माघ सर्लाही। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा परेको बताएका छन् ।सर्लाही सदरमुकाम मलंगवामा आयोजना गरिएको जनप्रदर्शन एवं विरोध सभालाई सम्बोधन गर्दै नेता महतोले संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको बताए । प्रधानमन्त्री ओलीले संविधानमै नरहेको व्यवस्था लागु गरेर देशलाई प्रतिगमनको दिशमा धकेलेको आरोप उनको छ ।  ‘पाँच वर्ष देश चलाउनका लागि मत दिएको थियो । प्रधानमन्त्रीले ३ वर्षमै जनताको मतलाई अपमानित गर्ने काम गरेका छन् । जनताको मत र लोकतन्त्रमाथि प्रहार गर्दै ओलीले ठूल–ठूला आन्दोलिनबाट प्राप्त भएको उपलब्धिलाई हत्या गर्ने काम गरेका छन्’, उनले भने, ‘ओलीले राणा र राजा जस्तो शासन गर्न खोज्दै छन् । अहिलेको कदम लोकतान्त्रिक मूल्यमान्यता माथिको आक्रमण हो ।’

संविधान बनाउने बेलामा हिमाल, पहाड, तराई मधेसका जनतालाई विभेद गरेका ओलीले फेरि असंवैधानिक कदम चालेको उनको आरोप छ । प्रचण्ड र ओली बीचको झगडाको कारण जनतालाई दुःख भएको महतोले बताए । लोकतान्त्रको रक्षाको लागि अब फेरि लड्नुपर्ने उनको भनाइ छ ।

आशन ग्रहणमै लफडा 
आयोजकले आशन ग्रहणमा मर्यादाक्रम बिगारेको भन्दै एक निर्वतमान सांसद, २ विधायक र एक जना केन्द्रीय सदस्यले मञ्चमा आशन ग्रहण गरेन् । मर्यादाक्रमको ख्याल नगर्दा निर्वतमान संघीय सांसद प्रमोद साह, प्रदेश सांसद संजयकुमार यादव, निराकुमारी साह र केन्द्रीय सदस्य अशोक सिंह कोइरीले आशन ग्रहण गरेन् । मर्यादाक्रम बिग्रेपछि सर्वसधारणसँग बसेका निर्वतमान सांसद प्रमोद साह, प्रदेशसभा सदस्य संजयकुमार यादव र केन्द्रीय सदस्य अशोक सिंह कोइरी । तस्बिर : सुनिल ठाकुर मर्यादाक्रम बिग्रेपछि सर्वसधारणसँग  बसेकी प्रदेश सभा सदस्य निराकुमारी साह

Leave a Reply

Your email address will not be published. Required fields are marked *