सर्लाहीबाट १० किलो गाँजासहित २ जना पक्राउ

अपराध समाचार

२९ पुष सर्लाही। सर्लाहीमा प्रहरीले लागुऔषध गाँजासहित एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको गौशाला नगरपालिका ३ बस्ने ५० वर्षीय नवलकिशोर साह र उनकी पत्नी ४० वर्षीया उर्मिला देवी साह छन् । ज.११प ७९७१ नम्बरको मोटरसाइकलमा सबार साह दम्पतीलाई ईश्वरपुर नगरपालिका-१३ स्थित रेल्वे फाँटको बाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी मदन कुँवरले जानकारी दिए । मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट १० किलो गाँजा बरामद भएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको डीएसपी कुँवरले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *