नेकपा जिल्ला अध्यक्ष, इन्चार्ज,सचिव लगायतको समूहले उपप्रधामन्त्री पोखरेललाई देखाए कालो झण्डा

देश राजनीति समाचार

नेपाल सरकारका उपप्रधानमन्त्री एवं नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल, शहरी विकास मन्त्री प्रभु साह, कानून मन्त्री लिला श्रेष्ठ लगायतलाई मंगलबार दिउँसो कालो झण्डा देखाईएको छ । सदरमुकाम मलंगवामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्न जाने क्रममा उपप्रधानमन्त्री पोखरेल नेतृत्वको मन्त्रीहरुको टोलीलाई  सदरमुकाम मलंगवा स्थित शिवशागर चोकमा कालो झण्डा देखाईएको छ । सदरमुकाम मलंगवा जाँदै गर्दा बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको भएपनि विरोधीहरुले शिवशागर चोकमा कालो झण्डा देखाउन सफल भएका छन् ।

त्यस्तै पूर्व-पश्चिम राजमार्गस्थित नवलपुर चोकमा नेकपाका जिल्ला ईन्चार्ज डाचाराज वाग्ले, जिल्ला अध्यक्ष रेवती पन्त, जिल्ला सचिव कमल बुढाथोकी लगायत नेतृत्वको समूहले कालो झण्डा देखाएको हो । नवलपुरमा प्रचण्ड–नेपाल समूहका युवा, विद्यार्थी नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिती रहेको थियो । संसद् विघटन गैर सम्बैधानिक भएको र सो कदमको पक्षमा लागेका सरकारी मन्त्रीहरुलाई विरोध स्वरुप कालो झण्डा देखाईएको अध्यक्ष पन्तले जानकारी दिए । संसद् पुनस्र्थापना नभएसम्म आफूहरुको आन्दोलन जारी रहने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *