सर्लाहीको चक्रघट्टामा गाउँपालिका अध्यक्ष पक्ष र कांग्रेसका कार्यकर्ता बीच झडप

अपराध राजनीति समाचार

२६ पुष सर्लाही।  सर्लाहीको चक्रघट्टा गाउँपालिकास्थित बजारमा आईतवार मध्यान्ह गाउँपालिका अध्यक्ष बिक्रम यादव पक्षका मानिस र नेपाली कांगे्रसका कार्यकर्ताबीच झडप भएको छ ।

झडपमा केही व्यक्ति घाईते भएका छन् । झडप हुनासाथ अहिले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्लाबाट एसपी, डीएसपीसहितको टोली त्यहाँ पुगेको छ । झडपमा क्रममा गाउँपालिका अध्यक्ष बिक्रम यादव चढ्ने गाडी र केही सवारीमा तोडफोड भएका छन् । सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले घटनास्थल अहिले सुरक्षाकर्मीको नियन्त्रणमा रहेको बताए । झडपको वास्तविक कारण नखुलेपनि बजारमा रहेको एउटा पसल हटाउने विषयमा विवाद भई पसल सञ्चालकलाई कुटपीट गरेपछि तनावपूर्ण अवस्था बनेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *