२३ पुष सर्लाही। सर्लाहीको हरिवन स्थित मालपोत कार्यालयबाट एकजना सुब्बा र एकजना लेखनदास घुससहित पक्राउ परेका छन् । बिहिवार दिउँसो हरिवन मालपोतमा कार्यरत नायब सुब्बा बेधनिधी बराल र लेखनदास(लेखापढी व्यवसायी) रामसुन्दर महतोलाई ११ हजार घुस रकम सहित महोत्तरीको बर्दिबास स्थित अख्तियारको कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेका हुन । सुब्बा बराल र लेखनदास महतोलाई लालपूर्जामा नाम सच्याइदिने भन्दै सेवाग्राहीसँग ११ हजार रुपैयाँ घुस लिएको आरोपमा कार्यालयबाटै पक्राउ गरि थप अनुसन्धानका लागि अख्तियारको बर्दिवास स्थित कार्यालय लाने तयारी भइरहेको जनाइएको छ ।
